टाइटल मात्र फेमस कि फिल्म पनि ? यस्तो छ पोस्टर


Filmy Kura, Sep 27, 2016 at 7:10 pm

the famousसञ्चारकर्ममा समेत क्रियाशिल समीर बलामी निर्देशित ‘द फेमस’को पोस्टर रिलिज भएको छ । हिन्दुधर्मालम्बीको दोस्रो ठूलो पर्व तिहार लक्षित यो फिल्मको टाइटल आफैमा आकर्षित र दर्शक तान्ने खालको छ । तर फिल्मको समग्र विषयवस्तु र प्रस्तुतीकरणले ओझपूर्ण टाइटललाई कतिको न्याय गर्न सक्ला त्यो भने फिल्म रिलिज पश्चात नै निक्र्यौल निकाल्न सकिन्छ । यद्धपि निर्देशक फिल्मलाई हर तरहबाट सफल पार्नका लागि अहिले देखि प्रचार प्रसारको नयाँ रणनीति निर्माण गरिरहेका छन् ।

अनिल महर्जन निर्मित फिल्म कात्तिक १९ बाट देशव्यापी प्रदर्शनमा ल्याउने तयारी निर्माण यूनिटले गरेको छ । त्यसो त चाडबाडमा तछाड मछाड गर्दै फिल्म लगाउन निर्माता लागि परेका हुन्छन् । ‘द फेमस’का लागि साइडमा अहिले अर्को ठूलो फिल्म नदेखिएकाले पनि निर्माण पक्ष आफ्नो फिल्मले केही कमाल गर्ने सक्ने आकडा निकालिरहेको छ ।

बलामी फिल्म इन्टरटेन्मेन्टको व्यानरमा निर्मित यो फिल्ममा खास परिचित अनुहार नभए पनि सम्भावना बोकेका युथ कलाकारलाई पाउन सकिन्छ । प्रमोद खड्का, सविना कार्की, सुरभी जैन केन्द्रीय भूमिकामा रहेको फिल्मलाई अशोक कार्कीले छायांकन गरेका हुन् । बाबु बलामीको द्धन्द्ध, सुरेश चौधरी र सुधिर श्रेष्ठको संयुक्त नृत्य रहेको यो फिल्मको गीतमा संगीत भने टंक बुढाथोकी र सन्तोष प्रगादले भरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो