उपराष्ट्रपतिको हातबाट आउट गरियो रामकृष्णको आवरण


Filmy Kura, Oct 2, 2016 at 9:26 am

ram krishna dhakalशनिबार साँझ फाइभ स्टार होटेल सोल्टी क्राउन प्लाजामा सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट सुप्रसिद्ध गायक रामकृष्ण ढकालको १५ औं एल्बम ‘आवरण’को लोकार्पण गरिएको छ । स्व. नारायण गोपाल र भक्तराज आचार्य पछि दोस्रो पुस्ता लिड गरिरहेका गायकका रुपमा परिचित रामकृष्णले एल्बम लोकार्पण समारोहलाई पूर्ण सांगीतिक समेत बनाए ।

करिव तीन दशकदेखि नेपाली संगीतमा क्रियाशील यी प्रतिभाले समारोहमा संगीत सहकर्मी भ्वाइस द ब्याकअप ब्याण्डका साथमा एकल गायन प्रस्तुत गरेका थिए । उनको एकल गायनलाई उपराष्ट्रपति पुनले पुरै समय खर्चिएर हेरेका थिए । १५ औं एल्बममा ११ वटा गीत समावेश रहेका छन् । जसमा गीतकार मनिष वशिष्ट, उत्तम सन्जेल, रमेश बिजी, आनन्द अधिकारी, विनोद बन्जरा, प्रज्वल शमशेर जवरा, डा. आशबहादुर तामाङ र देवेन गिरीको शब्द तथा हरि लम्साल, न्हू बज्राचार्य, राजेश थापा, शिखर सन्तोष, राजनराज शिवाकोटी, किरण कँडेल र कल्याण सिंहले संगीत दिएका छन् ।

nanda-bd-pun-lauch-aawaran
लोकार्पण समारोहमा गायक ढकालले ‘आवरण’बाट आफू निकै आशावादी रहेको बताउँदै यसले आफ्नो पुरानो शृङ्खलालाई जोड्ने र स्तरीय गीत सुन्ने श्रोताको रुचिलाई सम्मान गर्ने बताए । उनले आफ्नो पुरानो गायन शैली र केही नयाँ प्रयोगलाई सँगसँगै ठाउँ दिएको पनि बताए । एल्बममा समावेश दुई गीतको भिडियो भने यस अघि नै प्रसारणमा आइसकेको छ । ‘म लडेको मात्र हुँ’ बोलको गीतको म्युजिक भिडियो भने सोही समारोहमा सार्वजनिक गरिएको थियो । यो एल्बमको बजार व्यवस्थापन भने विन्धवासिनी म्युजिकले गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो