जीवनको राधा, हेर्नुहोस् कसले पुर्याउदैछ बाधा (भिडियो)


Filmy Kura, Oct 3, 2016 at 3:08 pm

jiwan-sanchitaअभिनेता जीवन लुइँटेल र अभिनेत्री सञ्चिता लुइँटेल एकसाथ जोडीको रुपमा देखिएको फिल्म ‘राधा’को ट्रेलर लन्च गरिएको छ । ट्रेलरमा माया, प्रेम, विछोड, एक्सन र कमेडीको समेत केही फ्लेवर पाउन सकिन्छ ।

पत्रकार माझ बोल्दै जीवनले ‘राधा’ एउटा पौराणिक कथामा आधारित सिनेमा मात्र नभई फुल्ली कमर्सियल फिल्म भएको बताए । आफूले राम पात्रको भूमिका निर्वाह गरेको जानकारी दिदै उनले पौराणिक कालमा राधा कृष्णको भए पनि यो फिल्ममा राधा रामको भएको ठट्टा गरे । उता ‘राधा’ क्यारेक्टरमा देखिएकी सञ्चिताले फिल्म हेरेपछि मात्र कमेन्ट गरिदिन आग्रह गरिन् ।

निर्देशक योगेश घिमिरेले फिल्मको गीत संगीत सुन्दा जति मिठास मिलेको छ फिल्म हेर्दा त्यही प्रकारको आनन्द मिल्ने सबैमाझ बताए । कात्तिक १२ गते रिलिज यो फिल्मले सामाजिक पारिवारिक विषयलाई उठान गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो