पशुपति लागे धनपति तिर, क्याप्टेन भने दीपेन्द्र नै


Filmy Kura, Oct 8, 2016 at 1:35 pm

dhanapati‘पशुपति प्रसाद’ फिल्ममा पशुपति पात्रमा देखिएका कलाकार खग्रेन्द्र लामिछानेले अर्को फिल्मको तयारी सुरु गरेका छन् । उनको कथा तथा लेखनमा बन्न लागेको अर्को फिल्मको नाम हो ‘धनपति’ ।

सपना र अहंकारले एउटा मानिसलाई कता कता ठोक्याउँछ त ? फिल्मको मुख्य सार हो । यो फिल्मलाई पनि ‘पशुपति प्रसाद’ कै क्याप्टेन दीपेन्द्र के खनालले निर्देशन गर्ने छन् । यो कुराको जानकारी गराई रहँदा युट्युवबाट पनि ‘पशुपति प्रसाद’फिल्मको पुरै शृङ्खला रिलिज गरिएको छ ।

टुकी आर्ट्सले दीपेन्द्र के खनाल सँग सहकार्य गरी निर्माण गर्न लागेको यो फिल्ममा मुख्य भूमिकामा भने ‘पशुपति’ अर्थात् खगेन्द्र आफैले खेल्नेछन् । अन्य बाँकी कलाकारको छनौट सुरु गरिएको छ । माघ महिना देखि सुटिङ प्रारम्भ गर्न लागिएको यो फिल्मलाई २०७४ सालमा प्रदर्शन गराउने तयारी छ । रोजिना सिटौला निर्मित फिल्ममा रजना नापित र समीर देवकोटाको समेत लगानीमा सहकार्य रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो