अमेरिकामा हुने ग्लोबल अवार्डमा सहभागी हुँदै सुमन विष्ट


Filmy Kura, Oct 16, 2016 at 12:49 pm

suman-bista‘दमदार’ निर्माता सुमन विष्ट अमेरिकामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड –२०१६’ मा सहभागी हुँदैछन् । नोभेम्बर १२ तारिखको दिन अमेरिकाको कोलोराडो शहरमा आयोजना हुने उक्त अवार्ड सेरोमनीमा निर्माता सुमन सहित ख्याति प्राप्त कलाकार, निर्देशकको उपस्थिति रहनेछ ।

फिल्मीकुरा सँग गफगाफ गर्दै निर्माता सुमनले यस अघि पनि अमेरिकामा भएको ‘फग अवार्ड’मा सहभागीता जनाएको स्मरण गरे । कान्जिरोवा मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक समेत रहेका सुमनले नेपालका विभिन्न इभेन्टमा जज्को भूमिका निर्भाह गरिसकेका छन् ।

नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटी नेपाल डटकमले संयुक्त रुपमा आयोजना गर्न लागेको यो अवार्ड जम्मा आठ विधामा बाडिने छ । उत्कृष्ट फिल्म, उत्कृष्ट नायक तथा नायिका, सहयोगी नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, लाइफटाइम एचिभमेन्ट जस्ता विधा रहेको अवार्डमा अन्य केही विधा पनि थप गर्ने तयारी आयोजकले गरेको छ ।

शिव श्रेष्ठ, कृष्ण मल्ल, नीर शाह, सुनिल थापा, शर्मिला मल्ल, बसुन्धरा भुषाल, शम्भुजित बाँस्कोटा, आर्यन सिग्देल, राजकुमार राई लगायतका विशिष्ट व्यक्ति सहभागी हुने अवार्डमा आफू पनि जान पाउदा खुसी लागेको निर्माता सुमनले बताएका छन् । कान्जिरोवा मिडिया मार्फत नेपाली फिल्म तथा विभिन्न इभेन्ट विदेशका भू–भागमा गर्ने तयारीमा समेत निर्माता विष्ट जुटेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो