पोर्न फिल्मको बारेमा निखिलले खोले मुख


Filmy Kura, Oct 17, 2016 at 2:13 pm

nikhil-upreti-finalआफैले लगानी गरेर निर्माण गर्न लागेको फिल्म ‘रुद्र’ को अफिसियल अनाउन्समेन्ट कार्यक्रममा एक्सन हिरो निखिलले संसारमा अर्गानिक फिल्म भनेको पोर्न फिल्म मात्रै हुने गरेको तर्क गरेका छन् । सञ्चारकर्मीले तपाईको यो फिल्मलाई अर्गानिक फिल्म भन्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञासामा उत्तर दिदै निखिलले भनेका छन्, ‘मलाई लाग्छ पोर्न फिल्म मात्र अर्गानिक फिल्म भित्र पर्छ । जहाँ भएको लुगा समेत उतारिन्छ । प्राकृतिक कुरा मात्र त्यहाँ देखिन्छ । अन्य फिल्म भनेका सबै आर्टिफिसियल नै हुन् ।’

निखिलले अर्गानिक फिल्मको बारेमा यसरी परिभाषित गरिदिएपछि अहिले अर्गानिक फिल्म बनाउने भनेर चिनिएका फिल्मकर्मीलाई भने केही अप्ठेरो स्थिति आइ परेको छ । जे होस् विचार सबैले राख्न पाउने अधिकारको कुरा हो तर निखिलले समारोहमा यो कुरा उठाएपछि भने माहोल केही खलबलिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो