निखिल अब संगीतकार र भिलेन, भित्राए नयाँ हिरो हिरोइन


Filmy Kura, Oct 17, 2016 at 2:58 pm

rudra-teamएक्सन स्टार निखिल उप्रेतीलाई अब दर्शकले भिलेनको रुपमा हेर्न पाउनेछन् । सोमबार एक औपचारिक समारोहबीच निखिलले आफै लगानी गरेर निर्माण गर्न लागेको फिल्म ‘रुद्र’को लागि आफू भिलेन र संगीतकारको रुपमा दर्शकमाझ आउन लागेको कुरा पुष्टि गरेका हुन् ।
उनले थपे, ‘दर्शकलाई केही नयाँ दिउ भन्ने मेरो उद्देश्य अनुरुप म भिलेनको रुपमा आउन लागेको हुँ । मेरो बाल्यकाल देखि नै संगीत प्रतिको रुचि जुन आज सम्म मैले लुकाएर राखेको थिए त्यसलाई पनि यही फिल्म मार्फत साकार पार्दैछु ।’

करोडको हाराहारीमा निर्माण हुन गइरहेको यो फिल्ममा निखिलले नयाँ अनुहारलाई भित्राएका छन् । प्रेम कथामा निर्माण हुने यो फिल्ममा नायकका रुपमा विश्व शर्मा र नायिकाको रुपमा साराले डेव्यू गर्दैछन् । यस अघि केही म्युजिक भिडियोमा खेलेका यी दुई नेपाल बाहिर बस्ने गरेका थिए । निखिल जस्तो चर्चित कलाकार सँग सगै काम गर्न पाउदा खुसी लागेको यी दुईले बताए ।

आजै देखि सुटिङ प्रारम्भ हुने यो फिल्मलाई रामजी लामिछानेले निर्देशन गर्दैछन् । ‘रुद्र’मा हिमाल केसीको द्धन्द्ध, निखिल र दिनेश सोनामको संगीत, सौरभ लामाको छायांकन रहनेछ । फिल्ममा निखिल, विश्व र सारा सँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ र रोशन पोखरेलको अभिनय रहनेछ ।

जोमसोम, नारायणघाट, काहलपुर तथा कर्णाली जस्ता स्थानमा छायांकन हुने फिल्मलाई आगामी २०७४ सालको श्रावण महिनामा रिलिज गराउने तयारी निर्माण पक्षको छ । फिल्मलाई गोपाल काजी कायस्थले वितरण गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो