माया र प्रेम ब्रिफिङ गर्ने द फेमस ट्रेलर सार्वजनिक (भिडियो)


Filmy Kura, Oct 17, 2016 at 4:21 pm

the-famous-trailerलभस्टोरी तथा फेमली ड्रामा ओरिएन्टेड नेपाली कथानक चलचित्र ‘द फेमस’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार युट्युव मार्फत सार्वजनिक गरिएको ट्रेलरमा माया, प्रेम, विछोड र एक्सनका दृश्य समावेश छन् ।

कात्तिक १९ गतेबाट देशव्यापी प्रदर्शन थाल्ने यो फिल्मलाई समीर बलामीले लेखन निर्देशन गरेका हुन् । सञ्चारकर्मी समेत रहेका बलामी आफ्नो पहिलो निर्देशकीय फिल्मबाट आशावादी देखिएका छन् । फिल्ममा युथ कलाकारको अभिनयलाई दर्शकले पर्दामा नियाल्न पाउनेछन् ।

अनिल महर्जन निर्मित ‘द फेमस’मा प्रमोद खड्का, सुमन थापा, सविना कार्की, सुरभी जैन विष्ट तथा सोनिया जि.आर लिड रोलमा रहेका छन् । बाबु बलामीको द्धन्द्ध, अशोक कार्कीको छायांकन रहेको फिल्मको गीतमा सन्तोष प्रगाढ र टंक बुढाथोकीले संगीत भरेका छन् ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो