एक सय वर्ष अघिको कथालाई दर्शकले पर्दामा हेर्न पाउने


Filmy Kura, Oct 17, 2016 at 4:42 pm

purano-pustaअहिलेका नयाँ पिडीले करिब सय वर्ष अघिको नेपाली परिवेश र यथार्थ समावेश गरिएको फिल्मलाई पर्दामा हेर्न पाउने भएका छन् । उक्त फिल्मको नाम हो ‘पुरानो पुस्ता’ ।

फिल्मका मिडिया संयोज कुमार आचार्यले यो फिल्म आउदो मंसिर ३ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मीकुरालाई जानकारी दिए । सय वर्ष अघिको नेपाली रहन सहन संस्कृति र व्यवहारिक पाटो अटाइएको ‘पुरानो पुस्ता’लाई दीप सागरले निर्देशन गरेका हुन् ।

शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ लगायतका कलाकार अभिनित यो फिल्मले उतिबेलाको संघर्ष र सास्तीलाई चित्रण गर्न खोजेको छ । स्वयम निर्देशक सागरको छायांकनमा तयार यस फिल्ममा संगीता थापा र सावित्री ओलीको लगानी रहेको छ ।  रोल्पा तथा प्युठानमा यो फिल्म खिचिएको हो ।

सय वर्ष अघिको हाम्रो समाज हेर्नुस् ट्रेलरमा ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो