टिनेजरको कथामा फिल्म निर्माण गर्दै सुमन


Filmy Kura, Oct 17, 2016 at 5:41 pm

Producer-Suman-Bistaनिर्माता सुमन विष्टले टिनेजरको कथामा फिल्म निर्माण गर्ने भएका छन् । फिल्मीकुरा सँग संवाद गर्दै उनले चाडै फिल्मको टाइटल औपचारिक रुपमा घोषणा गर्ने जानकारी दिए ।

अमेरिका निवासी दीपक सुब्बा सँगको सहकार्यमा अर्को फिल्मको तयारी तिब्र रुपमा अगाडि बढिरहेको निर्माता विष्टको भनाई छ । ३१ वर्ष कै उमेरमा एक सफल व्यवासायीको ट्याग भिरेका सुमन नेपाली फिल्मलाई विश्वमाझ पु¥याउनको लागि यतिबेला खटेर लागि परेका छन् । ‘दमदार’ फिल्ममा लगानी गरी औपचारिक रुपमा नेपाली फिल्म क्षेत्रमा भित्रिएका उनी मेघा हस्पिटलको प्रबन्ध निर्देशक, कान्जिरोवा मिडिया प्रा.लि.को प्रबन्ध निर्देशकका रुपमा समेत काम गरिरहेका छन् । एक विदेशी आई.एन.जि.ओ मा कोअर्डिनेटरको भूमिका समेत निभाइ रहेका सुमन फिल्मको लागि रिसर्च समेत गरिरहेका छन् ।

टिनएजमा युवा युवतीले देखाउने व्यवहार र उनीहरुको सपना चाहनालाई उनले अब बनाउने फिल्मले सम्बोधन गर्नेछ । फिल्मको लागि कुन कलाकार छनोट गर्ने भन्ने विषयमा छलफल भइरहेको समेत निर्माता विष्टले फिल्मीकुरालाई जानकारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो