पहिला कै ब्राण्ड नाममा फेरि थपेर फिल्म बनाउदै रेखा


Filmy Kura, Oct 18, 2016 at 4:24 pm

rekha-thapaकरिब ७ वर्ष अघि रेखा थापाले निर्माता छविराज ओझा सँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘कसले चो¥यो मेरो मन’को ब्राण्डेट टाइटललाई सापटी लिएर अर्को फिल्म निर्माण गर्ने घोषणा गरेकी छिन् । उनको होमप्रोडक्शनमा निर्माण हुने चौथो ड्रिम प्रोजेक्टको नाम हो ‘कसले चोर्यो मेरो मन फेरि’ ।

‘फेरि’ मात्र शब्द बढी देखिए पनि रेखाले यो फिल्म सिक्वेल भने नभएको बताएकी छिन् । उनी यो फिल्ममा राजकुमारीको भूमिकामा देखिने छिन् । त्यसो त उतिबेला पर्दा फेस गरेका हिट जोडी रेखा र आर्यन सिग्देल दुवैलाई दर्शकले यो फिल्ममा भने हेर्न पाउने छैनन् । रेखा स्वयम् लिड रोलमा रहने यो फिल्मको बाँकी कास्ट छिट्टै तय गरिनेछ । रेखाको अपोजिटमा भने नयाँ नायकलाई नै प्रस्तुत गर्ने तयारी निर्माण पक्षको छ ।

फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । फिल्मको सुटिङ माघ महिनाबाट सुरु गरिने रेखाले बताएकी छिन् । उनको यो ड्रिम प्रोजेक्ट २०७४ सालको बडा दशैंमा रिलिज हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो