बलिउड निर्देशक सँग मिलेर रोजले फिल्म निर्माण गर्ने


Filmy Kura, Oct 19, 2016 at 11:54 am

rose-rana-in1बलिउड निर्देशक विवेक शर्मा सँग मिलेर नेपाली निर्माता रोज राणाले एक ड्रिम प्रोजेक्ट निर्माणको मंगलबार राजधानीमा घोषणा गरेका छन् । यी दुईले टीमअपमा निर्माण गर्न लागेको फिल्मको नाम हो ‘मेरो पैसा खै’ ।

पूर्णतया कमेडी र सोसल ड्रामामा आधारित यो ड्रिम प्रोजेक्टमा केही चर्चित भारतीय कलाकारले समेत अभिनय गर्ने छन् । नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने फिल्म भारतमा समेत प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

लगानीमा समेत साझेदारी गरेका बलिउड निर्देशक शर्माले भारतका दुई सुपरस्टार अमिताभ बच्चन र शाहरुख खानलाई एक्सन कट गरेको सुखद अनुभव संगालेका छन् । नेपाली र बलिउड निर्माता निर्देशक बीचको यो सहकार्यले राम्रै रिजल्ट दिने फिल्मवृत्तमा अनुमान गरिएको छ ।

पुस महिना देखि छायांकन गर्ने निर्माण यूनिटको तयारी छ । फिल्मको कलाकार भने छनोट हुन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो