१६ घण्टामा करिब १ लाखले हेरे पुरानो डुंगा ट्रेलर (भिडियो)


Filmy Kura, Oct 20, 2016 at 11:33 am

dayahang-rai-priyanka-karkiबुधबार साँझ युट्युव मार्फत सार्वजनिक गरिएको फिल्म ‘पुरानो डुंगा’को ट्रेलरलाई १६ घण्टाको अवधि सम्म करिब एक लाख जना भ्यूअर्सले हेरेका छन् । ट्रेलर हेरेपछि कमेन्टमा धेरैले अभिनेता दयाहाङ राईको डाइलग मन परेको लेखेका छन् भने प्रोमो पनि मन परेको प्रतिक्रिया जनाएका छन् ।

मंसिर १० रिलिज हुने फिल्मले सामाजिक कथावस्तुलाई उठाएको छ । ‘कबड्डी कबड्डी’ निर्देशक रामबाबु गुरुङले ‘पुरानो डुंगा’मा पनि ग्रामीण समाजको यथार्थतालाई पस्कन खोजेका छन् । माओत्से गुरुङको कथा समावेश फिल्ममा दयाहाङ राई, प्रियकंका कार्की, मेनुका प्रधान, डिबी गुरुङ, स्वयम कथाकार माओत्सेले लिड रोल निभाएका छन् ।

‘पुरानो डुंगा’मा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको संवाद रहेको छ । फिल्मको गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत भरेका छन् । ‘नीर जहिले रिसाउने’ बोलको गीत भने हरेक जन जनमा प्रिय बनिसकेको छ ।

रौनक विक्रम कंडेल, ओम चन्द्र रौनियार, धन बहादुर गुरुङ र प्रकाश गुरुङले फिल्मको लगानीमा साझेदारी गरेका छन् । यस अघि ‘कबड्डी’ र त्यसको सिक्वेल निर्देशन गरि दर्शकबाट उल्लेख्य तारिफ र हौसला पाएका रामबाबु गुरुङको ‘पुरानो डुंगा’ पनि सफल रहलता त ? यसका लागि भने मंसिर १० कुर्नैपर्ने हुन्छ ।

हेर्नुस् यस्तो बनेको छ ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो