२५ हजार राशीको हरितारा पुरस्कार करिश्मालाई


Filmy Kura, Oct 20, 2016 at 11:58 am

karishma-manandhar२५ हजार राशीको ‘हरितारा चलचित्र पुरस्कार’ सदाबहार नायिका करिश्मा मानन्धरलाई प्रदान गरिने भएको छ । अढाइदशक देखि नेपाली फिल्म वृत्तमा कहिले नायिकाका रुपमा त कहिले निर्माताको रुपमा प्रस्तुत भएर पु¥याएको योगदानको कदर गर्दै यो पुरस्कार उनलाई प्रदान गर्न लागिएको हो ।

मंसिर दोस्रो साता एक भव्य समारोहबीच यो पुरस्कार नायिका मानन्धरलाई दिईने छ । पछिल्लो समय फिल्ममा निष्क्रिय करिश्मा राजनीतिमा होमिएकी छिन् । फिल्ममा कम अफर आउनु, आए पनि लिड रोल नदिनु, आफै निर्मित फिल्म फ्लप हुनु जस्ता कारणले उनी राजनीतिमा गएको धेरैको अनुमान छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको विचारधाराबाट प्रभावित करिश्मा ‘नयाँ शक्ति नेपाल’ मा आवद्ध भए सँगै पछिल्लो समय फिल्मी कार्यक्रममा समेत असाध्यै कम सहभागीता जनाउन थालेकी छिन् । त्यसो त उनले राजनीति प्रवेशलाई लिएर विभिन्न सञ्चार माध्यमहरुमा जीवनको करिब आधा समय अभिनय गरेर फिल्ममा बिताएको र बाँकी आधा समय राजनीति गरेर जनताको सेवा गर्ने मनसाय बाहेक अरु केही नभएको प्रष्ट्याउदै आएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो