नयाँको वर्चश्वमा पुरानो पुस्ता, गर्दैछ बहिरालाई सहयोग


Filmy Kura, Oct 21, 2016 at 10:33 am

purano-pusta-teamकरिब १०० वर्ष अघिको नेपाली समाजको वस्तुस्थितीलाई प्रस्तुत गर्न खोजेको ‘पुरानो पुस्ता’ फिल्ममा हालका नयाँ कलाकारको वर्चश्व रहेको छ । तथापी नयाँ कलाकारले पुरानो जीवन शैलीलाई निर्देशकको सोच अनुरुप पर्दामा जस्ताको त्यस्तै अभिनय गरी देखाउने कोसिस गरेका छन् ।

मंसिर ३ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मले बहिरालाई समेत सहयोग गर्दैछ । फिल्म रिलिज पछि हलबाट उठेको सम्पूर्ण रकमको ३ प्रतिशत रकम भने राप्ती बहिरा संघ दाङलाई हस्तान्तरण गरिने फिल्मका अभिनेता विराज विष्टले फिल्मीकुरालाई जानकारी दिए ।

बिहीबार पत्रकार तथा सञ्चारकर्मी भेटघाट कार्यक्रम मार्फत फिल्म निर्माण यूनिटले पछिल्लो घटना क्रम जानकारी गराएको थियो । समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थिति जनाएका एमाले सभासद रामविर मानन्धरले पछिल्लो समय ‘छक्का पञ्जा’ चलेको सन्दर्भ जोड्दै यो फिल्मले पनि नयाँ पिढीलाई नेपालको पुरानो चलनचल्ती, संस्कार र परम्पराको अवस्थालाई चित्रण गर्न सक्ने कुरामा आफू विश्वस्त रहेको भनाइ राखे ।

दीप सागरको निर्देशनमा तयार यस फिल्ममा शेर बहादुर गुरुङ, विराज विष्ट, मेनुका श्रेष्ठ लिड रोलमा रहेका छन् । संगीता थापाको लगानीमा तयार फिल्मलाई चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले सफलताको शुभकामना व्यक्त गरेका थिए । पत्रकार माझ फिल्मका कलाकारले पात्र अनुसारको चरित्रलाई न्याय दिन भरमग्दुर प्रयास गरेको भनाई राखेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो