मेलिनाले फिल्म नखेल्नुको कारण यस्तो


Filmy Kura, Oct 21, 2016 at 11:08 am

melina-manandhar-hit-photo

कुनै समय पर्दामा रुचाइएकी नायिका हुन् मेलिना मानन्धर । तर उनै मेलिनालाई पछिल्लो समय दर्शकले पर्दामा हेर्न पाएका छैनन् ।

शारीरिक सौन्दर्यता जस्तै अभिनय पनि उत्तिकै सुन्दर गर्ने यी नायिकालाई फिल्मीकुराले किन फिल्म खेल्न छोड्नु भएको भन्ने प्रश्न गर्दा उनले उत्तरमा भनिन्, ‘मलाई अफर नआएको होइन । फिल्मबाट अफर आएकै थियो । म विकास बोर्डमा पनि आवद्ध भएकाले त्यता पनि समय दिनुपर्ने । फिल्म नखेल्नुको विशेष कारण भने मेरो नानी हो ।’ उनले छोरी जन्मिएपछि भने परिवारलाई समय धेरै दिनु परेको खुलाईन् । मेलिनाले थपिन्, ‘अब भने मेरो नानी हुर्कि सकि ठूली भइसकी म निरन्तर फिल्ममा आउनेछु ।’

फिल्म खेले पनि सहायक रोल र आमाको रोलमा भने आफू नदेखिने मेलिनाको भनाई छ । उनले राम्रो भूमिका पाएकै कारण एक नयाँ फिल्म ‘रोमियो’ खेल्ने पक्का भएको छ । यसबारेमा नायिका मानन्धरले प्रष्ट्याउदै भनिन्, ‘रोमियोमा रोल पनि राम्रो पाए साथै हसन राज खान मेरो व्रदर पनि हुनुहुन्छ त्यसैले यो टीममा म आबद्ध भएको हुँ ।’ स्मरण रहोस् ‘रोमियो’ अभिनेता हसन राजले यस अघि ‘अलबिदा’ निर्माण गरेका थिए । मेलिना र हसन सँगै फिल्मको शीर्ष भूमिकामा भने नायिका निशा अधिकारी देखिदैछिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो