प्रेमकथामा बन्दैछ रोमियो, हसनको साथ निशा र ओसिमा


Filmy Kura, Oct 21, 2016 at 11:29 am

romieyo-teamअभिनेता हसनराजा खानले प्रेमकथानक फिल्म ‘रोमियो’को निर्माण घोषणा गरेका छन् । बिहीबार एक औपचारिक समारोहबीच खानले आफ्नै निर्माण कम्पनी एच.आर.के प्रोडक्शन मार्फत ‘रोमियो’ बनाउन लागेको जानकारी दिएका हुन् ।

फिल्मको शीर्ष रोलमा खान सहित निशा अधिकारी र नव नायिका ओसिमा बानु रहनेछन् । त्यसो त लामो ग्याप पछि मेलिना मानन्धरले समेत यो फिल्ममा पर्दा फेस गर्ने भएकी छिन् । यस अघि फिल्मको निर्देशन नारायण पुरीले गर्ने चर्चा चलेको थियो । तर उनको समय अभावका कारण फिल्मको निर्देशन भने शंकर कार्कीले गर्ने भएका छन् । फिल्म स्टडि गरेका कार्कीले ‘रोमियो’ लभस्टोरी फिल्म भएको बताए ।

किरण घिमिरेको आलेख, अष्ट महर्जनको द्धन्द्ध रहने फिल्मलाई रामेश्वर कार्कीले छायांकन गर्नेछन् । छिट्टै सुटिङ फ्लोर जाने यो फिल्म दर्शकले भने अर्को साल हलमा हेर्न पाउनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो