निर्देशक हुन चार चोटी दारी काट्थे नारायण पुरी


Filmy Kura, Oct 21, 2016 at 11:51 am

narayan-puriनम्र स्वभावका नारायण पुरी फिल्म वृत्तमा सफल निर्देशकको रुपमा चिनिन्छन् । २० वर्षको तन्नेरी उमेरमै फिल्म निर्देशनमा होमिएका उनलाई त्यो बखत न कलाकारले गन्थे न निर्माताले नै । सानु काठीका दखिने नारायण पुरीको त्यतिबेला भर्खर दारी पलाउदै थियो ।

निर्देशक हुनका लागि उनी सँग खुवी त थियो नै तर त्यही खुवी देखाउन उनले निर्माण यूनिटलाई विश्वस्त पार्न निकै गाह्रो पथ्र्यो । एक कार्यक्रममा विगतका आफ्ना दिन सम्झदै निर्देशक पुरीले भने, ‘मैले निर्देशक हुनका लागि त्यतिबेलै हो वियर खान सिकेको । त्यति मात्र होइन शारीरिक रुपमा समेत एजेट देखिन मैले नआएको दारी समेत आओस् भनेर दिनको चार पटक सम्म काट्थे ।’

दारी झ्याप्प आएको अलि ज्यान लागेको मान्छेलाई मात्र निर्देशकका रुपमा पत्याउने त्यो बेलाको परिपाटी अहिले भने अन्त्य भएको निर्देशक पुरीले बताए । ‘तपस्या’ फिल्मबाट स्वतन्त्र निर्देशन सुरु गरेका नारायणका ‘आगो’, ‘ए मेरो हजुर’ दर्शकले अत्याधिक रुचाएका फिल्ममा पर्दछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो