ल्याङ–ल्याङ गीतमा नाच्नुस्, एक लाख जित्नुस्


Filmy Kura, Oct 21, 2016 at 12:23 pm

hasan-raja-khanकतिपय फिल्मको अडियो गीत भिडियो बिना नै दर्शक श्रोताको प्रिय बन्न थालेपछि अचेल फिल्म निर्माण यूनिटले कभर भिडियो प्रतिस्पर्धा सुरु गरेर पुरस्कारको व्यवस्था गर्न थालेको छ । यही क्रममा एक निर्माणाधिन फिल्म ‘रोमियो’को अडियो गीत ‘ल्याङ–ल्याङ’ले कभर भिडियो कम्पिटिसनको आयोजना गरेको छ ।

फिल्मकी अभिनेत्री निशा अधिकारीले यो विषयमा थप प्रष्ट्याउदै भनिन्, ‘अडियो गीत सुनेर यसको कभर भिडियो जो कसैले बनाउन सक्नेछन् । प्रोफेसनल क्यामराबाटै भिडियो खिच्न जरुरी छैन । जस्तो उपलब्ध छ त्यस्तै साधनको प्रयोग गरेर भिडियो पठाउन सक्नुहुनेछ । उत्कृष्ट स्टेप, फेसियल एक्सप्रेसन र गीतको भाव अनुसारको प्रस्तुतिका आधारमा एउटा भिडियोलाई हामी अन्तिममा छनोट गर्नेछौ । र उचित पुरस्कार पनि दिनेछौ ।

उनले पुरस्कार स्वरुप एक लाख रुपैया प्रदान गरिने बताइन् । यो कम्पिटिसनमा भाग लिन चाहनेले भिडियो बनाइ सकेपछि युट्युवमा गएर अपलोड गर्नुपर्ने हुन्छ । अवसर नपाएका कतिपय नाच्न जान्ने व्यक्तिका लागि यो एउटा ठूलो प्लेटफर्म भएको समेत अभिनेत्री अधिकारीको भनाइ थियो ।

लोक फ्लेभरको यो गीतमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेले स्वर दिएका छन् । स्वयम सुनिलको संगीतमा यो गीत तयार भएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो