५२ देशको प्रतिस्पर्धा हुने म्यानहन्टमा भाग लिदै अनुप विक्रम


Filmy Kura, Oct 21, 2016 at 1:03 pm

anup-bikram-shahi-team५२ देशबीच प्रतिस्पर्धा हुने ‘म्यानहन्ट ईन्टरनेशनल २०१६’ को फिनालेमा सहभागी हुन नेपालका तर्फबाट अनुपविक्रम शाही चाइना जाँदैछन् । बिहीबार गरिएको बिदाई कार्यक्रमको प्रेस मिटमा सो कुराको जानकारी गराइएको हो ।

सो कार्यक्रम २०१६ अक्टुवर २३ तारिख देखि अक्टुवर २९ तारिखसम्म चाइनाको सेन्जेनमा हुँदैछ । अनुप २०१४ को प्रोस्टाइल म्यानहन्ट ईन्टरनेशनल नेपाल समेत हुन् । आयोजक कम्पनी जिइइले यसका लागि सम्पूर्ण तयारी गरिएको जनाएको छ ।

अनुपले यस विषयमा थप जानकारी दिदै भने, ‘यो वल्र्ड कम्पिटिशनमा केबल अनुप मात्र जादै छैन । म जानु भनेकै सिंगो नेपाललाई लिएर जानु हो । त्यसैले नेपाल जाँदैछ भन्ने बुझ्न जरुरी छ । नेपाली पुरुष पनि उत्तिकै मानसिक र शारीरिक रुपमा सुन्दर हुन्छन् भन्ने मैले सो कम्पिटिसनमा देखाउनु छ । मलाई तपाईहरु सबैको यतिबेला आशिर्वादको चाहिएको छ । म नेपालको नाम अवश्य राखेर आउनेछु ।’

अनुपले प्रतियोगिताका लागि आफू फिट देखिन जिम जाने देखि लिएर त्यतिकै रुपमा सोधिन सक्ने सम्भावित प्रश्नको उत्तरका लागि पूर्ण तयारी गरेका छन् । ‘हँसिया’, ‘हाउ फन्नी’, ‘वीरविक्रम’ जस्ता फिल्ममा कुशल अभिनय गरेका अभिनेता शाहीले यही कम्पिटिसनका लागि कतिपय फिल्म साइन गरेका छैनन् ।

शनिबार अपरान्ह चाइना उडान भर्न लागेका अनुपलाई वल्र्ड म्यानहन्टको उपाधी हासिल होस् भनी फिल्म निर्देशक मिलन चाम्सले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो