नेपाल सरकारको जागिरेले समयको माग निर्माण गर्ने


Filmy Kura, Oct 21, 2016 at 6:39 pm

samayako-mag-fimनेपाल सरकारको जागिरे अर्थात सरकारी कर्मचारीले फिल्म निर्माणमा चासो दिएका छन् । दुई सरकारी कर्मचारी शिव राई र रविचन्द्र राई नाम गरेका व्यक्तिले ‘समयको माग’ फिल्ममा लगानी गर्ने भएका हुन् ।

शुक्रबार एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको उक्त फिल्ममा मुख्य लगानीकर्ताका रुपमा यी दुई सहित अर्को एक जना रहने जानकारी दिईएको हो । तर यी दुई कुन सरकारी पदमा रहेर काम गरिरहेका छन् भन्ने बारेमा भने खुलाईएको छैन । कार्यक्रममा समेत अनुपस्थित डेव्यू निर्माताले फ्रेस अनुहारलाई फिल्ममा प्रायोरिटी दिएका छन् ।

देउराली इन्टरनेशनल मिडिया प्रा.लि.को व्यानरमा निर्माण हुने यस फिल्मलाई जीवननाथ गौतमले निर्देशन गर्दैछन् । करिब तीन दर्जन फिल्ममा चिफ एसिस्टेन्सका रुपमा काम गरेका जीवन ‘समयको माग’बाट निर्देशनमा डेव्यू गर्दैछन् । निर्माण कम्पनीको अध्यक्ष सुचित्रा श्रेष्ठ जो निर्देशक समाजको अध्यक्ष समेत हुन् उनले यो फिल्ममा आफ्नो छोरालाई समेत निर्माताको रुपमा भित्राउदैछिन् । शाश्वत श्रेष्ठको समेत लगानी रहने फिल्म विशेष गरी युवापुस्ता टार्गेट हुने बताईएको छ ।

राष्ट्र, राष्ट्रियता र संस्कारको पक्षलाई जोड दिएर निर्माण गर्न लागिएको यो फिल्मका लेखक भने कक्षा १२ मा पढ्दै गरेका युवा शिव राई हुन् । उनले हाल समयले के मागेको छ भन्ने कुरा फिल्म मार्फत हेर्न पाइने बताएका छन् । उता डेव्यू निर्देशक गौतमले भने यो फिल्म कमर्सियल नभई सन्देश मूलक हुने जानकारी दिए ।

फ्रेस युथ कलाकार रहने फिल्मको गीतमा संगीत भने सविन लिम्बुले भर्नेछन् । आदर्श लिम्बु, रविचन्द्र राई, जूनि तामाङ, अनु माझी, सुशीला तिमल्सिना लगायतका कलाकारको फिल्ममा अभिनय रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो