बसुन्धरा भुषालले मागिन् माफि


Filmy Kura, Oct 21, 2016 at 7:03 pm

basundhara-bhusalबरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुषालले माफि मागेकी छिन् । कुनै पनि कार्यक्रममा उनलाई निम्तो दिदा १५ मिनेट अघि पुग्ने भुषालले एक फिल्म निर्माण घोषणा कार्यक्रममा भने करिब एक घण्टा कुराइ दिइन् ।

कार्यक्रमको प्रमुख अतिथिले नै ढिला गरेपछि केही सञ्चारकर्मी तथा पत्रकार भने बाहिरिएका थिए । निर्धारित समय भन्दा एक घण्टा ढिलो भएपछि उनले मन्तव्यको सुरुमै माफि मागेर यस्तो घटना पहिलो चोटी भएको बताइन् । साथै उनले ढिलो हुनुको कारण खुलाउदै भनिन्, ‘म आफै प्रमुख अतिथि मै आउन ढिलो भयो । एउटा मिडियामा इन्टरभ्यू सकेर निस्केको यो ट्राफिक जामले गर्दा समयमै आउन सकिन् । म आफैलाई कस्तो नरमाइलो महसुस भयो ।’

समयको महत्व बुझेकी अभिनेत्री भुषालले शुक्रबार भएको एक कार्यक्रमका लागि आफू ढिला हुँदा जसरी माफि मागिन् त्यसरी नै अन्य चलचित्रकर्मीले पनि यस्ता इभेन्ट आयोजना गर्दा समयको ख्याल गर्दिने हो भने लोडसेडिङ हुँदा बत्ति कुरे झै पत्रकारले कलाकारलाई वेट गर्नु पर्ने अवस्था सिर्जना हुने थिएन् । तर हरेक जसो चलचित्रको इभेन्ट हुँदा एक देखि पौने घण्टा पर्खनु पर्ने अवस्था भने हट्नुको साटो पछिल्लो समय झन झन बढ्दै गइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो