मध्यरातमा यसरी खुले महेश र मलिना (भिडियो)


Filmy Kura, Oct 22, 2016 at 1:23 pm

malina-joshi-mahes-shresthaमध्यरातमा अभिनेता महेश श्रेष्ठ र अभिनेत्री मलिना जोशी नृत्यमा झुमेको भिडियो आउट भएको छ । नशाले मातिएका यी दुई निकै खुलेका छन् ।

कात्तिक १९ गतेदेखि अल नेपाल रिलिज हुन लागेको हाइ बजेटको फिल्म ‘द विनर’को दोस्रो गीतमा महेश र मलिना सँगै अन्य थुप्रै कोरसको नृत्य समावेश छ । ट्रेलर नियाल्दा बलिउडको झल्को आउने यो फिल्मलाई हिक्मत विष्टले निर्देशन गरेका हुन् । सार्वजनिक फिल्मको गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत रहेको छ । इन्दिरा जोशी र उत्तम जंग लिम्बुले संयुक्त स्वर भरेको फिल्मको गीतमा महेश र मलिनालाई नचाउने काम भने कविराज गहतराजले गरेका हुन् ।

रिलिज मिति नजिकिए सँगै तिब्र प्रचारमा उत्रिएको फिल्म ‘द विनर’मा महेश श्रेष्ठ, मलिना जोशी र मन्चिन शाक्यको प्रमुख भूमिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो