डान्स बारमा पिरती लगाउदै गर्दा भेटिए दयाहाङ र निश्चल


Filmy Kura, Oct 22, 2016 at 1:58 pm

dayahang-nischalअभिनेता दयाहाङ राई र निर्देशक निश्चल बस्नेत डान्स बारमा पिरती लाउदै गरेको अवस्थामा भेटिएका छन् । यी दुईलाई पिरती लगाउ भन्दै कम्मर मर्काएर आकर्षण गर्ने नृत्यङ्गना भने अलिाशा राई हुन् ।

यस वर्ष कै प्रतिक्षित फिल्म ‘लुट–२’ को ठमेल बजार बोलको सार्वजनिक गीतले पिरती लगाउने र सुन्दरी भगाउने सन्दर्भ भिडियोमा प्रस्तुत गरेको छ । अघिल्लो संस्करणमा समावेश आइटम नम्बर ‘उध्रेको चोली’ बराबरको छनक दिने यो गीत लोक फ्लेवरको छ ।

कालिप्रसाद बाँस्कोटा, मिना निरौला र भानुभक्त ढकालले गाएको यो गीतमा संगीत स्वयम बाँस्कोटाको रहेको छ । आगामी फागुन १३ गतेदेखि रिलिज हुने फिल्मको गीतले मार्केट पिट्ने प्रशस्त सम्भावना छ ।

निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट –२’ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य, ऋचा शर्मा, विपिन कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । माधव वाग्ले र नरेन्द्र महर्जन फिल्मका लगानीकर्ता हुन् ।

तपाईलाई नी मनपर्न सक्छ यो गीत हेर्नुस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो