हरिवंश पनि जात्राको मेम्बर


Filmy Kura, Oct 22, 2016 at 2:31 pm

haribamsha-aacharyaकात्तिक २६ गते रिलिज हुने फिल्म ‘जात्रा’को एक मेम्बरका रुपमा बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य पनि रहेका छन् । उनको स्वरमा समावेश एक गीत फिल्मको लागि केही दिन अघि रेकर्ड गरिएको छ । बरिष्ठ कलाकार आचार्यकै शब्द रहेको सो गीत छिट्टै श्रोता दर्शक माझ आउनेछ ।

उनले ‘जात्रा’ फिल्मको विषयमा बोल्दै भने, ‘मलाई यो फिल्मको कथा असाध्यै मन प¥यो । आशा गर्छु आम दर्शकको मन यो फिल्मले जित्नेछ ।’ ब्लाकमनीको सेरोफेरोमा केन्द्रित यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । निर्देशक स्वयमले यो फिल्म लेखेका हुन् । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहेको फिल्ममा सिंगे लामा र यादव पौडेलको लगानी रहेको छ । विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे लगायतका कलाकारले ‘जात्रा’ मा अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो