तिहारलाई विशेष बनाउदै परदेशीको उमंग


Filmy Kura, Oct 22, 2016 at 4:53 pm

paradeshiko-umangaयो पटकको तिहार पर्वलाई अझ बिशेष र स्मरणिय बनाउने हिसाबले ‘परदेशीको उमंग’ फिल्म दर्शकमाझ आउने भएको छ । कात्तिक महिनाको १२ गते रिलिज हुने यो फिल्म टाइटलबाट नै प्रष्टिन्छ कि यो परदेश गएका युवा सँग सम्बन्धित छ भनेर ।

मनमा उमंग बोकेर देश छोडी परदेश गएका आम युवाले अरुको देशमा गर्नुपरेको संघर्षको जीवन कथालाई यो फिल्मले प्रस्तुत गरेको छ । लामो समय नृत्य निर्देशकका रुपमा काम गरेका शिव शर्मा निर्देशित फिल्म हो ‘परदेशीको उमंग’ । आम नेपाली दर्शकमा फिल्मले साच्चिकै एक प्रकारको उमंग ल्याउने निर्देशक शर्माले फिल्मीकुरालाई बताए । यस अघि अष्ट्रेलियामा फिल्मको विशेष प्रदर्शन समेत गरिएको थियो । अक्टुबर १५ तारिखका दिन गरिएको प्रिमियर शो मा उल्लेख्य दर्शकको उपस्थिति रहेको निर्माण यूनिटले जनाएको छ । साथै फिल्म हेर्ने अधिकांश दर्शकबाट उत्साहप्रद प्रतिक्रिया मिलेको निर्देशक शर्माले बताए ।

यता केही समय अघि बुटबलमा पनि फिल्मको च्यारिटी शो आयोजना गरिएको थियो । कुमार विसी निर्मित यस फिल्ममा बिनिता बराल, कुमार बिसी, सिपी पौडेल, रामबाबु रेग्मी, शिव शर्मा, शिला श्रेष्ठ, रमेश पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

विशेषगरीकन विदेश गएका युवाको कथा समावेश चलचित्रलाई भने नेपाली दर्शकले अत्याधिक मन पराएको पाइन्छ । सिंगल स्क्रिन टार्गेट यो फिल्मको अधिकांश छायांकन भने दुबईमा गरिएको हो । हेरौ फिल्मले कतिको आम नेपालीको मन जित्न सक्ला । फिल्ममा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन भएकाले पनि फिल्मको चर्चा केही बढी छ ।

प्रकाश पुरीको पटकथा, कुमार महर्जनको द्धन्द्ध, रविन्द्र बरालको छायांकन रहेको फिल्मको गीतमा संगीत भने अर्जुन पोखरेल र बिबी अनुरागीले भरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो