स्टेजमा १ मिनेट नटिक्ने सुनिल मानन्धर


Filmy Kura, Oct 24, 2016 at 8:49 am

sunil-manandharचलचित्र वितरक बोल्नमा भन्दा हल म्यानेज गर्न सिपालु हुन्छन् । तर पछिल्लो समय प्रेस मिट हुँदा वितरकलाई पनि स्टेजमा मन्तव्य दिन बोलाउन थालिएको छ ।

यहि क्रममा आइतबार गरिएको ‘परदेशीको उमंग’ को प्रेस मिटमा वितरक सुनिल मानन्धरलाई हल म्यानेजको विषयमा बोल्न दिइएको थियो । उनले सुरु मै बोल्ने काम जस्तो गाह्रो अर्को नलाग्ने भन्दै आफू स्टेजमा १ मिनेट पनि टिक्न नसक्ने बताए । सुनिलले १ मिनेट स्टेज टिक्न नसक्ने बताइरहदा सो समारोहमा भने करिब ३ मिनेट खर्चिए ।

उनले भने, ‘खास मलाई बोल्न आउदैन । म कुनै फिल्म हेर्दा रुदिन पनि । तर यो परदेशीको उमंगले मलाई निकै भावुक बनायो । फिल्म चलाइ दिनु प¥यो भनेर यसका निर्माता निर्देशक आउनु भएको थियो । सुरुमा त यस्तो फिल्म के चल्ला भन्ने जवाफ दिएको थिए । पछि फिल्मको थोरै अंश हेर्दा पनि यसले विदेशीने युवाको वास्तविकता देखाउन खोजेको रहेछ । त्यसैले तिहार पर्वलाई लक्षित गरेर चलाउने सोचमा म आफै पुगेको हुँ ।’

उनले फिल्मको गीत संगीत पनि उत्कृष्ट बनेको बताउँदै आफूले सके सम्म धेरै हलमा यो फिल्म लगाउने भनाइ राखे । फिल्मको सबल पक्ष माथि बोलिरहदा स्टेजमा १ मिनेट नटिक्ने सुनिनलाई ३ मिनेट पुगेको भने पत्तो नै भएन । जे होस् फिल्मलाई नै आफ्नो कर्म बनाएका सुनिल फिल्म वितरण र निर्माण दुवैमा क्रियाशिल छन् । जमलमा रहेको विश्वज्योति हलका सञ्चालक समेत रहेका उनले ‘परदेशीको उमंग’ हेर्नैपर्ने फिल्म बनेको बताएका छन् ।

शिव शर्मा निर्देशित फिल्म यहि कात्तिक १२ गतेबाट अल नेपाल रिलिज हुँदैछ । जसलाई कुमार विसीले निर्माण गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो