उमंगले रुवायो मेडिकल प्रोफेसरलाई


Filmy Kura, Oct 24, 2016 at 9:56 am

ram-upretiमहाराजगञ्जमा रहेको टिचिङ हस्पिटलमा मेडिकल शिक्षा अध्यापन गराउने प्रोफेसर डा. राम उप्रेतीलाई ‘परदेशीको उमंग’ फिल्मले रुवाएको छ । विदेश गएका नेपालीको दर्दनाक कथा समावेश फिल्म हेर्दा आफू रोएको कुरा प्रोफेसर उप्रेतीले फिल्मीकुरालाई बताएका हुन् ।

उनले भने, ‘म फिल्म त्यस्तो हेर्ने मान्छे पनि होइन । फिल्ड नै फरक प¥यो तर यो फिल्म निर्माण यूनिट लाई मैले सल्लाहकारका रुपमा सहयोग पु¥याएको थिए । फिल्मको पूर्ण पाठ हेरेपछि म भक्कानिए । यो फिल्म हेर्ने जो कसैको आखा रसाउँछ ।’

सल्लाहकारका रुपमा काम गरेका उनले यो फिल्ममा छोटो भूमिका पनि निभाएका छन् । त्यतिमात्र नभई उनले यो फिल्मको प्रवद्र्धनका लागि विदेशका विभिन्न देशहरुमा समेत फिल्म लिएर जाने भएका छन् । ४० वर्ष देखि मेडिकल सेक्टरमा रहेका उप्रेतीले यो फिल्म साच्चिकै हेर्न लायक भएको बताएका छन् । उनले थपे, ‘यतिको मर्मस्पर्शी फिल्म कमै बनेका होलान । यति राम्रो फिल्मलाई हामी नेपालीले हेरेर साथ दिनैपर्छ ।’

सगरमाथा फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म अबको एक साता पछि अर्थात यहि कात्तिक १२ गतेबाट रिलिज हुँदैछ । कुमार विसीको लगानी रहेको फिल्मलाई शिव शर्माले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो