धुर्मुस निर्मित बस्ती राष्ट्रपतिले हस्तान्तरण गर्ने


Filmy Kura, Oct 25, 2016 at 6:04 pm

bidhya-devi-bhandariशुक्रबार एक विशेष कार्यक्रमका बीच सिुन्धुपाल्चोक जिल्लाको गिरान्चौरमा धुर्मुस सुन्तली निर्मित दोस्रो एकीकृत बस्ती राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानिय बासीलाई हस्तान्तरण गर्ने भएकी छिन् । हास्य क्षेत्रमा निकै लोकप्रियता कमाएका दुई जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले भुकम्पले तहस नहस बनाएको गिरान्चौरमा रातदिनको मिहेनत पूर्वक ६५ घर निर्माण गरेका छन् ।

धुर्मुस्ले राष्ट्रपति जस्तो देशकै साझा व्यक्तिबाट स्थानियबासीलाई घर हस्तान्तरण गराउने मौका मिलेकोमा खुसी व्यक्त गरे । तर उनको चाहना भने राष्ट्रपति र प्रधामन्त्री दुवैलाई उपस्थित गराउने थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको समय नमिल्नाले उनी भने यो कार्यक्रममा सहभागी नहुने भएका छन् । तिहार पर्वमा नजिकिदै जादा भुकम्प प्रतिरोधि बस्तीमा बस्न पाउने भए सँगै स्थानिय बासीमा समेत खुसी छाएको छ ।

यस अघि धुर्मुस्ले काभ्रेको पहरी बस्तीमा २० वटा घर निर्माण गरेका थिए । उनलाई सामाजिक सञ्जाल फेसबुकमा भने धेरैले बस्ती हस्तान्तरण राजनीतिक दलका नेताको हातबाट नगर्न सुझाब आएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो