सुशीलको हेराईमा स्याड वर्षा, कारखाना फ्रस्ट लुक यस्तो


Filmy Kura, Oct 26, 2016 at 10:19 am

sushil-shrestha-barsha-siwakotiफिल्म ‘कारखाना’को फ्रस्ट लुक सार्वजनिक भएको छ । जहाँ अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री वर्षा शिवाकोटी हाइलाइटमा छन् । पहिलो मुहारमा वर्षालाई स्याड फेसमा प्रस्तुत गरिएको छ ।

यस अघि हिट फिल्म ‘होस्टेल रिटन्र्स’ र ‘सायद २’ मा सुशीलले अभिनय मार्फत दर्शकको मन जितिसकेका छन् । यता वर्षा पनि उत्तिकै मात्रा म्युजिक भिडियो र फिल्ममा खेलिरहेकी छिन् । विवाहको मण्डपबाटै भागेकी बेहुलीले त्यसपछि भोगेका र आइपरेका घटना र यात्रा दौरान जोडिने पात्रहरुसँगको अन्तरद्धन्द्धले निम्त्याउने समस्या र बाध्यतालाई यो फिल्मले समेट्न खोजेको छ ।

अमरदीप निर्देशित यो फिल्ममा सुशील र वर्षाका अलवा जेबिका कार्की, नवीन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेती लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा चन्द्र पन्तको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा निरज कँडेलको छायांकन रहेको छ ।

फिल्म आउदो पौष महिनाको अत्यतिर अर्थात २९ गतेबाट रिलिज हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो