ग्लोबल अवार्डका लागि १७ चलचित्रकर्मी अमेरिका जादै, हाल नाम गोप्य


Filmy Kura, Oct 26, 2016 at 6:09 pm

global-nepali-film-awardनोभेम्बर १२ तारिखका दिन अमेरिकाको कोलोराडो शहरमा हुने ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१६’मा सहभागी हुन नेपालका तर्फबाट १७ जनाको टोली ८ तारिखका दिन अमेरिका उड्दैछ । तर हाल ती टोलिमा को–को रहेका छन् भन्ने बारेमा केही खुलाईको छैन । तथापी अवार्ड आयोजक कमिटीका तर्फबाट नेपाल फिल्म सोसाइटीका चेयर म्यान कृष्ण मल्लले सो नाम केही दिन पछि नै पत्रकार माझ सार्वजनिक गर्ने बताएका छन् ।

अवार्डमा भाग लिन जाने चलचिकर्मी उतै त भासिने होइनन् ? उनीहरु नेपाल फर्कनेमा विश्वासका आधार के छन् ? भन्ने फिल्मीकुराले प्रश्न राख्दा जवाफमा फिल्म सोसाइटी अध्यक्ष मल्लले भने, ‘यहि कुरामा हामी सचेत छौ । अवार्ड सकिए पछि सबै कलाकर्मी नेपाल फर्कनु हुनेछ यसमा ढुक्क हुन आग्रह गर्दछु । हामी मात्र होइन फर्कदा उतै रहेका कलाकारलाई समेत नेपाल आउन आह्वान गर्नेछौ ।’

मल्लले पपुलारिटीको आधारमा नौ विधामा अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए । बुधबार गरिएको पत्रकार भेटघाटमा आयोजकले सञ्चारकर्मीबाट आएको यावत जिज्ञासाको जवाफ दिने प्रयास गरेको थियो । नौ विधामा चलचित्र निर्देशन, सिनेमेटोग्राफी, नायक, नायिका, सह नायक, सह नायिका लगायतका छन् । उनले ड्यासपोरामा रहेका चलचिकर्मी जसले यो क्षेत्रमा अतुलनिय योगदान दिएका छन् उनीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको जानकारी दिए ।

नेपाल फिल्म सोसाइटी, अमेरिकन नेपाल टेलिभिजन र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा हुन गइरहेको अवार्डको उद्देश्य भने गाउँ देखि विश्व बजार सम्म नेपाली फिल्म पु¥याउनु रहेको छ । पहिलो अवार्ड कार्यक्रम कस्तो रहला हेर्न बाँकी छ । समारोहमा एक्सन किङ शिव श्रेष्ठ देखि सहाबहार नायक भुवन केसी सम्मको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो