भाई मसला बाँडेर सुस्केरा निर्माण घोषणा


Filmy Kura, Oct 27, 2016 at 5:01 pm

suraksha-panta-sorup-dhakalतिहार पर्व सुरु हुनु भन्दा एक दिन पहिले अर्थात कात्तिक ११ गते बिहीबार राजधानीमा पत्रकार तथा सञ्चारकर्मीलाई भाई मसला बाँडेर ‘सुस्केरा’ फिल्मको निर्माण घोषणा गरिएको छ । निर्माण पक्षले उपस्थित पत्रकारलाई तिहार आएको संकेत स्वरुप धेरै मिठाई मिसिएको मसला दिएर बन्न लागेको फिल्मको विषयमा जानकारी दिएको हो ।

मंसिर १ गतेबाट सुिटङ फ्लोर जाने यो फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्दैछन् । उनि आफैले यो फिल्मको कथा लेखेका हुन् । पत्रकारमाझ फिल्मको विषयमा बोल्दै उनले भने, ‘सिम्पल लभ स्टोरी हो सुस्केरा । माया पाउनु मात्र माया नभई गुमाउनु पनि माया नै हो । त्यहि मायाको सेरोफेरोमा यो फिल्म केन्द्रित रहनेछ ।’ उनले यो फिल्म सन् २०१७ मै रिलिज हुने बताए ।

मुम्बईमा संगीत तथा अभिनय प्रशिक्षण लिएका स्वरुप प्रकाश ढकालले यो फिल्मबाट डेब्यू गर्दैछन् । नयाँ हिरोको अपोजिटमा भने सुरक्षा पन्त रहनेछिन् । उनले यस अघि ‘अझै पनि’ फिल्ममा आफ्नो कला कौशल देखाइसकेकी छिन् । समारोहमा डेब्यू हिरोले फिल्ममा समावेश हुने गीत हिन्दी र नेपाली दुबै भाषामा गाएका थिए ।

हिन्दी र नेपाली दुबै भाषामा यो फिल्म छायांकन गरिनेछ । निर्देशक भुटिया निर्देशित ६ फिल्म २०१७ मै लाग्ने भएका छन् । यस अघि उनले निर्देशन गरेको ‘लेटर’ दर्शकले हेरिसकेका छन् । पुरुषोत्तम प्रधानले छायांकन गर्ने ‘सुस्केरा’मा नरेशदेव पन्त कार्यकारी निर्माताका रुपमा रहेका छन् । फिल्म राम्रो बनोस् भनि चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले शुभकामना दिएका थिए । फिल्मलाई भारतमा समेत रिलिज गरिने लक्ष्य राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो