समाज सेवा गर भनि सुझाब दिनेलाई दीपकको यस्तो जवाफ


Filmy Kura, Oct 28, 2016 at 8:45 am

dipak-raj-giriहास्यकलाकार दीपकराज गिरीले तिहार पर्वको पहिलो दिन एकाबिहानै फेसबुकमा धुर्मुस सुन्तलीको जस्तो समाज सेवा गर भनेर सुझाव दिने फ्यानहरुलाई गतिलो जवाफ फर्काएका छन् । उनले कतिपय अरु पेशाकर्मी, कलाकार तथा साहित्यकारलाई पछिल्लो समय धुर्मुस सुन्तली जस्तो समाज सेवा गर भनेर केही फेसबुक युजरहरुले कमेन्ट गरेको उल्लेख गरेका छन् ।

कतिपयले फेसबुकमा फिल्म बनाएर किन पैसा कमाको ? भनेर सोध्ने गरेको समेत दीपकले बताएका छन् । त्यसो त आज काग तिहारको दिन मै सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले सिन्धुपाल्चोकको गिरान्चौरमा बनाएको ६५ घर राष्ट्रपति विद्यादेवी भण्डारीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । टेलिभिजनको हास्य कार्यक्रम र ‘छक्का पञ्जा’ फिल्म छोडेर धुर्मुस नमुना बस्ती खडा गर्न लागिपरेका थिए । यहि कारण पनि फ्यानबाट दीपकलाई समाज सेवा प्रति चासो कम दिएको फिल्म बनाउदै हिडेको भन्ने आरोप लागेको हो । त्यसो त गिरान्चौरमा आज हुने विशेष कार्यक्रममा दीपकराज गिरी र उनको जोडी दीपाश्री निरौला सहभागी हुन सक्थे तर विशेष श्रोतबाट प्राप्त जानकारी अनुसार उनिहरु गिरान्चौर नगई आज नेपालगञ्जको एक कार्यक्रममा सहभागी हुँदैछन् ।

हेर्नुस् समाज सेवा गर भन्नेलाई दीपकले दिएको जवाफ यस्तो छ ।

जो पटक पटक हामिलाइ सिकाइरहनु हुन्छ.. ….फिल्म बनाएर बस्ने होइन समाजसेवा गर , फिल्म बनाएर पैसा किन कमाको? फलानोको जस्तो गर.. उस्को जस्तो गर इत्यादि
जवाफ
कस्ले भन्यो चलचित्र पैसा कमाउन बनाइन्छ? एउटा चलचित्र बनाउदा ९०% डुब्ने सम्भावना हुन्छ? केबल १०% चलचित्र मात्र सफल हुन्छन् नेपालमा …..१ करोडको लगानिले एउटा स्तरिय रेष्टुरेन्ट खोलेर ज़िन्दगी भरलाइ कमाउने बाटो हुन सक्थ्यो तर हामिले चलचित्र बनाएर जोखिम उठायौ,
चलचित्र बनाउनु, समाजको यथार्थवाइ पर्दामा उतार्र्नु ,कबिता लेख्नु, पुस्तक लेख्नु…. पैसा कमांउन मात्र गरिएको काम हो? ..
लक्ष्मि प्रसाद देबकोटाले थुप्रै साहित्य कृति छोडेर गए जुन पुस्तकहरू अहिले तपाइ हामि पढिरह्का छौ के उनले कबिता लेख्न छोडेर समाजसेवा गर्नु पर्थ्यो?
उनले पैसा कमाउनका खातिर मात्रै सृजना गरेका थिए ति कृतिहरू?
नारायण गोपालले पैसा कमाउन मात्रै गाएका थिए?
सॉधुरो सोच नराख्नुस.. समाज सेवा गर्नु पुन्यको काम हो , त्यो काम गर्नेहरू महान हुन तर संसारका सबै महिलाहरू मदर टेरेसा भएको भए यो संसार चल्थ्यो? .. के तपाइ हाम्रा मदरको पनि छुट्टै महत्व छैन समाजमा?
कसै संग कसैलाइ तुलना नगर्नुस
सबैको काम त्यति नै महत्वपूर्ण हुन्छ… समाजसेवा मात्र संसारको एउटा मात्रै बिकल्प होइन…आफूले लागेको क्षेत्र बाट केहि उपलब्धिपूर्ण नतिजा समाजलाइ दिन सक्नु पनि राष्ट्बाद हो, समाजसेवा हो आफ्नो पेशामा सत प्रतिशत इमान्दार भएर काम गर्नु पनि समाज सेवा हो
हामिले त गर्यौ र गरेको महसूस पनि छ …..तर तपाइ जस्ले फेसबुकमा ….धुर्मुस जस्तो बन, सुन्तली जस्तो बन्नु भनेर अरू पेशाकर्मी, कलाकार साहित्यकारलाइ कमेन्ट गरेर बस्नु हुन्छ …..तपाइले अब आफूलाइ चाहि प्रमाणित कहिले गर्ने?
कि फेसबुक कमेन्टस् मै पिएचडि गरेर मात्रै बस्ने ?
एउटा असल पेशाकर्मी भएपछि आफूले भिन्न भिन्न पेशा गर्दा कमाएको केहि हिस्सा गरिब दुखिको लागि पनि खर्चिनु पर्छ , सहयोगी हुनु पनि पर्छ
तर .. वकिल, डाक्टर, कबि साहित्यकार , ब्यापारिहरू सबैले आआफ्नो कार्यालयमा ताला लगाएर,काम बन्द गरेर समाजसेवा तिर नै लाग्ने हो र? …..


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो