प्रिमियर शोमा नायिकाको सेल्फि मोह, हिरो सँग पोज दिदै पारिन् खिचिक्क


Filmy Kura, Oct 28, 2016 at 9:21 am

sanchita-luitelअचेल सेल्फी खिच्ने प्रचलन मौलाउदो छ । कुनै विशेष समारोहमा भेटघाट भयो कि पोज दिदै सेल्फी खिच्ने मामलामा साधरण मानिस देखि सेलिब्रेटी समेत पछि पर्दैनन् ।

त्यहि भएर पनि समय सापेक्ष अनुरुप शंकर स्माइल र लक्ष्मी नेपालीले सेल्फी हानौला भन्ने गीत नै गाए । यस्तै देखियो कात्तिक ११ गते गरिएको ‘राधा’को प्रिमियरमा पनि । फिल्मकी राधा अर्थात नायिका सञ्चिता लुइँटेल आफ्नो मोबाईल निकाल्दै नायक जीवन लुइँटेल र निर्देशक योगश घिमिरे तर्फ हेर्दै पोज दिन थालिन् र सेल्फी हानिन् ।

सेल्फी हानिएका तस्बिर फेसबुकमा यत्रतत्र सर्वत्र देखिन्छ । उनले पनि फेसबुकमा सेल्फी हानिएको उक्त तस्बिर पोस्ट गरेकी छिन् । प्रिमियर पछि फिल्मको मिश्रित प्रतिक्रिया आएको छ । धेरै पछि पर्दामा छाएकी लुइँटेल फिल्मलाई लिएर आशावादी छिन् ।

२०५८ सालबाट रंगिन दुनियाँ प्रवेश गरेकी सञ्चिता निखिल उप्रेती सँग दोस्रो बिहे गरे सँगै फिल्ममा अत्यन्तै कम देखिएकी हुन् । परिवारलाई समय दिनु परेकाले फिल्मलाई कन्टिन्यूटि दिन नसकिएको उनले सञ्चारमाध्यममा बताउदै आएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो