जाडो महिनामा आउने भो किङ, न्यानोपन दिन निखिल तयार


Filmy Kura, Oct 28, 2016 at 10:08 am

nikhil-benishaपौष महिना जाडोको सिजन । निखिल उप्रेती अभिनित फिल्म ‘किङ’ यहि जाडो महिनामा रिलिज हुने भएको छ । दशैं रिलिज स्थगन भए सँगै निर्माण पक्षले फिल्म आगामी पौष २९ गतेबाट लाग्ने जानकारी गराएको छ । अभिनेता निखिल दर्शकलाई जाडोमा न्यानोपन दिन तयार छन् आफ्नो एक्सन मार्फत । त्यति मात्र होइन निखिललाई यो फिल्ममा फरक गेटअपमा समेत देख्न सकिन्छ ।

फिल्म वितरक गोपाल कायस्थले ‘किङ’को प्रचार प्रसारलाई व्यापक बनाउन निर्माण पक्ष जुटेको फिल्मीकुलाई बताएका छन् । माघे संघ्रान्ती पर्व लक्षित यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्ममा निखिल सँगै बेनिशा हमाल, अनुपविक्रम शाही, रुपा राना, जगन श्रेष्ठ लगायतको अभिनय रहेको छ । फिल्मको प्रस्तुतकर्ता जगन श्रेष्ठ हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो