विनर प्रिमियरमा देखिए रामकृष्ण, कारण यस्तो


Filmy Kura, Oct 28, 2016 at 1:16 pm

ramkrishna-dhakalफिल्मको प्रिमियर शोमा विरलै उपस्थिति जनाउने चर्चित गायक रामकृष्ण ढकाल बिहीबार गरिएको ‘द विनर’ प्रिमियरमा भने कुमारी हलमा झुल्किए । उनको साथमा श्रीमती निलम ढकाल र छोरी रानी ढकाल पनि थिए ।

फिल्म सँग उनको प्रत्यक्ष नाता भने त्यस्तो केही थिएन । न त उनी फिल्मको सदस्य नै हुन् । गायक ढकाललाई फिल्मीकुराले प्रिमियर शो हुँदा खासै नदेखिने तपाई आज अचानक देखिनुभयो खास यसको कारण के हो भनेर सोधेको थियो । जवाफमा उनले भने, ‘हो, म एक त निम्तो आए पनि समय अभावका कारण प्रिमियर शोमा आउन पाउदिन । तर द विनर प्रिमियरमा भने आउनुको खास कारण छ । मेरो पछिल्लो एल्बम आवरणको एक गीतमा मन्चिन शाक्यले मोडलिङ गर्नुभएको छ । जसले यो फिल्ममा प्रमुख भूमिका समेत निभाउनु भएको रहेछ ।’

त्यसो त कारण खोज्दै जाँदा रामकृष्णको अर्धाङ्गिनी निलमको मन्चिन क्लासमेट समेत रहेछन् । मन्चिन सँग कक्षा १० सम्म काठमाडौंमा सँगै पढेको निलमले फिल्मीकुरालाई बताइन् । मन्चिन कै आग्रहमा परिवार सहित फिल्म हेर्न आएको मोडल समेत रहेकी निलमको भनाइ छ । यता रामकृष्णले भने प्रिमियर शो हेर्न कै लागि गीत रेकर्ड गराएर हतार हतार आएको बताए । फिल्म हेरिसकेपछि उनले सस्पेन्स, थ्रिलर र एक्सनले भरिपूर्ण द विनर एक फरक नेपाली फिल्म भएको प्रतिक्रिया दिए ।

हिक्मत विष्ट निर्देशित फिल्ममा महेश श्रेष्ठ, मलिना जोशी र मन्चिन शाक्यले शीर्ष भूमिका सम्हालेका छन् । कात्तिक १९ गतेदेखि यो फिल्म देशव्यापी प्रदर्शनमा आउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो