प्रिमियर पछि द विनरलाई आयो मिश्रित प्रतिक्रिया


Filmy Kura, Oct 28, 2016 at 2:03 pm

the-winner-prबिहीबार साँझ कुमारी हलमा रेड कार्पेट बिछ्याइएको थियो । सँगै तिहार आएको झल्को दिन झिलिमिली बत्ति पनि । ‘द विनर’ फिल्मको प्रिमियरका लागि गरिएको यो तयारी भव्य देखिन्थ्यो । साँझ ६ बजे प्रिमियर तोकिए पनि फिल्मका सम्बन्धित कलाकार नै ढिला गरि पुग्दा पत्रकारले लामै समय प्रतिक्षा गर्नु प¥यो । तथापी पौने ७ बजे सबै जसो अतिथि र कलाकार आइपुगिसकेका थिए । फिल्मका कलाकार भने पोज दिदै फोटो सुट गराउन व्यस्त देखिन्थे । अभिनेता महेश श्रेष्ठ र मन्चिन शाक्यको साथमा अभिनेत्री मलिना जोशी हसिलो मुहारमा खुलेकी देखिन्थिन् ।

the-winner-premiere
विशेषगरी सिमापारी हुने अवैध व्यापार र त्यसले निम्त्याउने परिस्थिति र द्धन्द्धमा फिल्म केन्द्रित छ । प्रिमियर पछि फिल्मलाई मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । लोकेशन वाइज कतिले फिल्म राम्रो मानेका छन् । खिचाईको प्रशंसा गरेका छन् । कतिपय फिल्म हेर्नेले भने स्टारकास्टको अभाव महसुस गरेका छन् । जे होस् नयाँ कलाकार फिल्मलाई लिएर आशावादी देखिएका छन् । हाई बजेटमा निर्माण भएको यो फिल्म अष्ट्रेलिया, दुबई जस्ता देशमा छायांकन गरिएको हो । हिक्मत विष्ट निर्देशित फिल्म कात्तिक १९ देखि देशव्यापी प्रदर्शन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो