राष्ट्रपतिको रोहवरमा बस्ती हस्तान्तरण, धुर्मुसले लिए देश बनाउने प्रण


Filmy Kura, Oct 28, 2016 at 4:20 pm

dhurmus-suntali-giranchaurराष्ट्रपति विद्यादेवि भण्डारीको रोहवरमा आज एक विशेष कार्यक्रमकाबीच सिन्धुपाल्चोक गिरान्चौरमा निर्मित एकीकृत नमूना बस्ती हस्तान्तरण गरिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनद्धारा ५ करोड लागतमा निर्मित बस्ती स्थानीयवासीलाई हस्तान्तरण गरिएको हो ।

2
हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले स्थानीयवासीको श्रमदान लिएर ६ महिनामा एउटा सामुदायिक भवन सहित ६७ वटा घर निर्माण गरेका थिए । फूलमालाबाट सजिएका धुर्मुसले भने, ‘देश तथा विदेशबाट सहयोग संकलन गरेर दिन रातको अथक प्रयास पछि यो बस्ती खडा गर्न सफल भयौ । अब जनताले विश्वास गरे देश बनाएर देखाउनेछौ ।’

बस्तीमा सोलार जडित दुई तल्ले घर, चिल्ड्रेन पार्क, सार्वजनिक धारा, शौचालय र फलफूल बगैँचा रहेको छ । यो बस्ती भुकम्प मैत्री मात्र नभई बालमैत्री, अपांगमैत्री र वातावरण मैत्री समेत रहेको छ । सो कार्यक्रममा महजोडीको साथ थुप्रै हास्यकलाकारको समेत उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो