कुकुर तिहारको दिन कलाकारको घाटीमा माला, कारण ५१ दिन


Filmy Kura, Oct 29, 2016 at 4:02 pm

dipak-priyanka-deepaआज यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहार । बिहानै हिन्दुधर्मालम्बीहरुले चोखो भई घरपालुवा जनावर कुकुरको पुजा गरेक छन् । कुकुर तिहार कै दिन यता ‘छक्का पन्जा’ फिल्मका कलाकारले भने घाटीमा माला लगाएर पशुपति परिक्रमा गरेका छन् । यो संयोग भने फिल्मले ५१ दिन मनाएको कारण भएको हो । शनिबारका दिन बिहानै फिल्मका कलाकार पुशपति पुगेका थिए । पशुपति पुगेर दर्शन गरि उनीहरुले ५१ दिन सम्म यसरी फिल्म चल्नुमा दर्शकको ठूलो हात रहेको भन्दै ¥याली समेत निकालेका थिए ।

साथै यो टोली काठमाडौका विभिन्न हलहरुमा पुगेको थियो । पशुपतिमा फिल्मको क्याप्टेन दीपाश्री निरौला सहित कलाकार दीपकराज गिरी, प्रियंका कार्की र जितु नेपाल देखिएका थिए । उनीहरुको साथमा फिल्म वितरक गोपाल कायस्थ पनि खुसी मुद्रामा देखिन्थे । जे होस् पछिल्लो समय फिल्म नचलरिहेको यो अवस्थामा ५१ दिन मनाउनु भनेको आफैमा एउटा ऐतिहासिक रेकर्ड हो ।

फिल्मले हाल सम्म नेपाली फिल्मले गरेको सम्पूर्ण विजनेश रिपोर्ट समेत तोडेको छ । अझै पनि यो फिल्म करिब दुई दर्जन जस्तो हलमा लागिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो