रेखा देखि प्रियंका सम्मको यस्तो रह्यो लक्ष्मी पूजा


Filmy Kura, Oct 31, 2016 at 12:52 pm

आइतबार साँझ सबैले आ–आफ्नो तवरले धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरेका छन् । सोही दिन बिहान गाई पूजा समेत गरिएको थियो । यस्तै नेपाली फिल्मको रंगिन दुनियाँमा आबद्ध सेलिब्रेटीले पनि लक्ष्मी पूजा गर्दै रंगोली बनाएर आफ्नो सुन्दर तस्बिर फेसबुकमा साभार गरेका छन् ।

सबैभन्दा पहिला कुरा गरौ नायिका रेखा थापाको । चर्चित नायिका थापाले आफ्नो आमा र दाई सँग बसेर लक्ष्मीको पूजा गरेकी छिन् । रेखालाई यो तस्बिरमा निकै सिम्पल देखिएको छ ।

rekha-thapa
यता पछिल्लो समय देश देखि विदेश सम्म एकछत्र छाएकी नायिका प्रियंका कार्कीले रंगोली बनाएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा निकै हिट भएको छ । उनले लक्ष्मीले सबैको रक्षा गरुन भन्दै पूजा गरेको तस्बिर समेत राखेकी छिन् ।

priyanka-karki
यस्तै सेलिब्रेटीले बनाएको रंगोलीमा सबैभन्दा ठूलो र आकर्षक लाग्ने रंगोली भने अभिनेत्री करिष्मा मानन्धरले बनाएको पाइन्छ । गोदावरी निवासमा बनाएको उक्त रंगोलीमा निकै मिहेनत गरेको देखिन्छ ।

karishma-manandhar
अर्की नायिका केकी अधिकारीले दियो जलाउन लागेको फोटो पनि कम्ति सुन्दर लाग्दैन ।

keki-adhikari


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो