तस्बिरमा हेर्नुस् चर्चित हिरो अनमोल देखि धुर्मुस सम्मको भाइटीका


Filmy Kura, Nov 1, 2016 at 4:26 pm

तिहारको अन्तिम दिन आज भाइटीका । यमपञ्चकको पाँचौ दिन आज देशभर हर्षउल्लासका साथ दिदीबहिनीले दाजुभाइहरुलाई निधारमा सप्तरङ्गी टीका लगाई मिठा मिठा परिकार मिसिएको मसला दिएर मनाएका छन् । नेपाली चलचित्र क्षेत्रमा आबद्ध रहेका विभिन्न कलाकर्मीले पनि टीका ग्रहण गरेर तिहार पर्व सेलिब्रेट गरेका छन् ।

चर्चित हिरो अनमोल केसीले तिहारको टीका रुबिको हातबाट ग्रहण गरेका छन् । तस्बिरमा उनलाई लामो लामो कपाल र दारीको साथ देख्न सकिन्छ । यता अभिनेता भुवन केसीले निलमको हातबाट टीका लगाएका छन् ।

anamol-kc

bhuwan-kc
हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ले शान्ता कट्टेल र तिया कट्टेलबाट भाइटीका लगाएका छन् । उनी सहित उनको कान्छो भाइ प्रकाश कट्टेल तस्बिरमा देख्न सकिन्छ । अर्को भाइ कुमार कट्टेल ‘जिग्री’ भने इन्डिया गएको कारण टीकामा सहभागी हुन सकेनन् ।

dhurmus-sitaram-kattel
उता महानायक राजेश हमाल पनि टीका ग्रहण पश्चात हसिलो मुद्रामा देखिएका छन् ।

rajesh-hamal
नायिका रेखा थापाले पनि दुई दाइहरुको हातबाट टीका लगाएकी छिन् ।

rekha-thapa
यस्तै नेपाली फिल्मका डरलाग्दा खलनायक सुनिल थापाले पनि रिताको हातबाट टीका थापेका छन् ।

sunil-thapa


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो