राजेश भन्छन्, ‘छिमेकी सँगको मित्रता भारी पर्ने भो’


Filmy Kura, Nov 3, 2016 at 11:26 am

rajesh-hamalतीन दिने राजकीय भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबार नेपाल आउदा उनको सवारीलाई लिएर काठमाडौंका सडक खाली गराइयो । सडक छेउमा सर्वसाधारणलाई हिड्न समेत रोक लगाइयो । सडक देखि आकाश सम्म नेपाली सेना सुरक्षाका लागि खटिएको देख्दा कतिले सरकारबाट कफ्र्यु लगाइएको महसुस गरे । त्यसो त सोही दिन सरकारले सार्वजनिक बिदा समेत दियो । यसपछि भने भारतका राष्ट्रप्रमुख नेपाल आउदा सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा विभिन्न तह र तप्काका मानिसले गुनासो पोखे ।

यहि क्रममा महानायक राजेश हमालले छिमेकी देश भारत सँगको मित्रता नेपालका लागि भारी पर्ने संकेत गरेका छन् । उनले बुधबारको दृष्टान्तलाई इङ्कीत गर्दै फेसबुकमा लेखेका छन्, ‘मित्र राष्ट्रका प्रमुख आफ्नो देशमा छदा हामी कहाँ नाकाबन्दी, हाम्रो देशमा आउँदा कफ्र्यु । मित्रता भारी पर्ने भो ।’

राजेश मात्र होइन अन्य कलाकर्मीले पनि भ्रमण हुनु आफैमा राम्रो भए पनि उनको आगमन हुँदा कफ्र्यु लगाइनु राम्रो नभएको धारणा राखेका छन् । आज पनि काठमाडौंका कतिपय मुख्य सडकमा सवारी जाम पर्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो