पर्दामा कस्तो देखिएला साम्राज्ञी सँग आकाशको जोडी ?


Filmy Kura, Nov 3, 2016 at 12:17 pm

timi-sanga-frist-look‘ड्रिम्स’ हिरोइन साम्राज्ञीराज्य लक्ष्मी शाह र ‘म त तिम्रै हुँ’ हिरो आकाश श्रेष्ठको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउने भएका छन् । यी दुईलाई लिएर शिशिर राणाले ‘तिमी सँग’ नामक फिल्मको निर्माण गर्ने घोषणा गरेका छन् ।

एनआरएन पर्यटक र नेपाली गाइडबीचको प्रेमकथामा आधारित यस फिल्मलाई शिशिर आफैले निर्देशन गर्नेछन् । उनी ‘माला’ फिल्मका निर्माता समेत हुन् । मंसिरबाट सुटिङ सुरु हुने यस फिल्मको पहिलो मुहार समेत सार्वजनिक गरिएको छ । तस्बिरमा हिमाली भेगका मनोरम दृश्यमा बौद्धधर्मी बालबालिकाको साथ साम्राज्ञी र आकाश पञ्जा लडाई खेलिरहेको देख्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो