ग्यारेजबाट सुरु भयो कान्छा निर्देशकको हैरान


Filmy Kura, Nov 3, 2016 at 12:46 pm

saugat-bista-teamविश्वकै कान्छा निर्देशक सौगात विष्टको दोस्रो निर्देशन रहने फिल्म ‘हैरान’को बिहीबार शंखमुलस्थित ग्यारेज सेटबाट सुटिङ प्रारम्भ गरिएको छ ।

सुटिङ सुरु गरिनु पूर्व पत्रकार सँग साक्षात्कार गर्दै कान्छा निर्देशक विष्टले ‘हैरान’ पारिवारिक फिल्म भएको बताए । फिल्ममा कमेडी र इमोशन दुवै पार्ट रहने उनको भनाइ छ । यस अघि ‘लभ यू बाबा’ निर्देशन गरी गिनिज बुकमा नाम लेखाएका विष्टले यो फिल्म पनि उत्कृष्ट बन्ने विश्वास व्यक्त गरे ।

‘हैरान’ मा सरोज खनाल, गजित विष्ट, निश्मा घिमिरे, सत्यराज आचार्य, सागर लम्साल लगायतका कलाकारको अभिनय रहेनछ । काठमाडौं आसपासमा छायांकन हुने यो फिल्ममा सम्झना विष्टको लगानी रहनेछ । फिल्मको कथा गम्भिर विष्टले लेखेका हुन् । कोरियोग्राफर समेत रहेका विष्ट नाताले सौगातको अंकल पर्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो