नो रिक्स् नो गेन् भन्दै महेशले गरे द विनर २ निर्माण घोषणा


Filmy Kura, Nov 4, 2016 at 8:59 am

winner2जसरी युद्ध मैदानमा सिपाहीले लक्ष्य प्राप्तिका लागि निडर भएर लड्छ त्यसरी नै फिल्मको रंगिन संसारमा केही नविन खुराक दर्शकलाई दिने अभिप्रायका साथ नायक महेश श्रेष्ठले ‘विनर २’ निर्माण घोषणा गरेका छन् । फिल्मीकुरा सँगको विशेष संवादमा जोडिदै उनले नो रिक्स् नो गेन् भन्ने सिद्धान्तलाई फलो गर्दै ‘द विनर’ को नतिजा आउनु पूर्व नै ‘द विनर २’ निर्माण गर्ने जनाएका हुन् ।

उनको कदमलाई युद्ध मैदानको निडर सिपाही सँग तुलना गर्न सकिन्छ । कारण फिल्मको लागि नयाँ अनुहार हुन् महेश । ‘द विनर’ रिलिजको अघिल्लो दिन निर्माण यूनिटले अर्को सिरिज बनाउने कुरा पत्रकारमाझ सेयर गरेका हुन् । त्यसो त टुमा भने कलाकार केही हेरफेर हुनेछन् । फिल्मीकुरालाई प्राप्त जानकारी अनुसार ‘द विनर २’ मा नायिका मलिना जोशीको ठाउँमा अर्कै हिरोइन हुने सम्भावना रहेको छ । निर्देशक हिक्मत विष्टले नै सिक्वेलको निर्देशन गर्नेछन् । वान भन्दा टु मा केही डिफरेन्ट टेष्ट दिने उदेश्य राखेर निर्माण यूनिटले लगानीमा समेत जोखिम मोलेको छ । यस अर्थमा कि अधिकांश सुटिङ विदेशका विभिन्न ठाउँमा सुट गरेर मेकिङ क्वालिटी अत्याधिक रिच देखाउन यो टिम पुन जुट्ने भएको हो । फिल्मका नायक महेश श्रेष्ठले दुई करोड हाराहारी बजेटमा यो फिल्म निर्माण गरिने जानकारी दिएका छन् ।

पहिलो सिरिजमा भएको घटनाक्रमबाट नै टुमा नयाँ कथा बुनिनेछ । सृजना शाहले फिल्ममा लगानी लगाउदैछिन् । उनको साथमा अन्य को–प्रोडुसर रहेनछन् । फिल्मका लगानीकर्ता तथा कलाकार अमित गिरीले पहिलो फिल्म गर्दाको अनुभवले सिक्वेल अझ केही परिस्कृत र परिपक्व हुने कुरामा आफू ढुक्क रहेको बताएका छन् । फिल्मको कास्ट एण्ड क्रिउमा भने केही हेरेफेर हुने निर्माण पक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो