देशभरका ६५ हलबाट द विनरको रिलिज प्रारम्भ, गोपीमा कलाकार


Filmy Kura, Nov 4, 2016 at 9:46 am

14519656_1782437195370573_8698044588968527595_nशुक्रबार देखि देशभरका करिब ६५ हलहरुबाट ‘द विनर’ले रिलिज प्रारम्भ गरेको छ । फिल्म वितरक गोपाल कायस्थले ५ दर्जन बढी सिनेमा घरमा फिल्म लागेको जनाएका छन् ।

उनले यो फिल्म मल्टिप्लेक्समा राम्रो जाने अनुमान गरे । बिहानी शो मा दर्शक उपस्थिति र प्रतिक्रिया बुझ्न फिल्मका मुख्य कलाकार महेश श्रेष्ठ, मन्चिन शाक्य यतिबेला चाबहिलमा रहेको गापीकृष्ण हलमा पुगेका छन् ।

एक्सन थ्रिल मूभिमा अष्ट्रेलिया, दुबई र नेपालका रमणीय दृश्य हेर्न पाइनेछ । हाइ बजेटमा निर्माण भएको यो फिल्मलाई हिक्मत विष्टले निर्देशन गरेका हुन् । सृजना शाह निर्मित फिल्ममा सम्भावना बोकेका नयाँ कलाकारको अभिनय रहेको छ । डायमण्ड स्टार फिल्मस्को व्यानरमा बनेको ‘द विनर’ मा महेश श्रेष्ठ, मन्चिन शाक्य, मलिना जोशी, अमित गिरी लगायतका कलाकारको अभिनयलाई दर्शकले पर्दामा नियाल्न पाउनेछन् ।

स्मरण रहोस् यो शुक्रबार ‘द विनर’ ले सोलो रिलिजको मौका पाएको छ । यहि दिन आउने भनि प्रचार गरिएपनि ‘द फेमस’ प्राविधिक कारणले सरेपछि विनरलाई केही राहत मिलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो