८ औं हप्तामा छक्का पञ्जा, फाइदा हललाई


Filmy Kura, Nov 4, 2016 at 10:38 am

QFX-Hallगौरवमय ५१ दिन मनाएको फिल्म ‘छक्का पञ्जा’ केही मल्टिप्लेक्स हलहरुमा आठौँ हप्तामा चलिरहेको छ । फिल्म यसरी लामो समय चल्नु राम्रो कुरा हो तर कतिपयलाई थाहा नहुन सक्छ कि फिल्म प्रदर्शनबाट उठेको सम्पूर्ण रकमको ३० प्रतिशत मात्र पैसा निर्मातालाई आउछ भन्ने कुरा ।

हो फिल्म रिलिजको पहिलो साता ५० प्रतिशत हल सञ्चालक र ५० प्रतिशत निर्मातालाई सेयर बाडफाड हुन्छ । तर त्यहि फिल्म दोस्रो सातामा लागेपछि निर्मातालाई ४२ प्रतिशत मात्र रकम हाता पर्छ । तेस्रो साथ उक्लेपछि भने ३७ प्रतिशत मात्र सेयर निर्माताले पाउने नियम छ । यसरी घट्दै घट्दै ३० प्रतिशत रकम भने चौथो हप्ता टेकेपछि निर्मातालाई र बाँकी ७० प्रतिशत रकम हलवाला आफूले लिने गरेका छन् । ८ औं हप्तामा समेत पकड जमाइरहेको ‘छक्का पञ्जा’ जति चल्छ अब त्यो फाइदा हललाई बढी हुने देखिन्छ । लामो समयको ग्याप पछि यहि फिल्मबाट हलले राम्रो पैसा कमाएका हुन् ।

वितरक गोपाल कायस्थ यो नियम निर्माताका लागि राम्रो नभएको बताउँछन् । उनले निर्मातालाई आएको रकमबाट ५ प्रतिशत रकम मात्र वितरकले पाउने बताए । त्यसो त मल्टिप्लेक्स हलको रवैया आफ्नै खालको छ । १ महिना हल ट्रेलर बजाउदा दुई हप्ताको पैसा नलाग्ने भनिएता पनि हल सञ्चालकले ट्रेलर प्रसारण गरेको समेत पूरै पैसा असुल्ने गरेका छन् । फिल्म जति हप्ता सम्म चलेपनि फिप्टी फिप्टीको बाडफाड गरियो भने मात्र निर्माता सेफ हुन सक्ने आधार रहने वितरक गोपाल कायस्थले फिल्मीकुरालाई बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो