पुरानो डुङ्गाको भविष्यवाणी, पब्लिसिटी गरे चल्ने अनुमान


Filmy Kura, Nov 8, 2016 at 11:35 am

फिल्म डिरेक्टर रामबाबु गुरुङले ‘पुरानो डुङ्गा’ को भविष्यवाणी गरिएको कुरा खुलासा गरेका छन् । आफ्नै निर्देशनमा तयार यो फिल्मको व्यापारिक अवस्थाको बारेमा उनले ज्योतिष सँग परामर्श लिएका थिए ।

ram-babu-gurung

निर्देशक रामबाबु गुरुङ डुङ्गा चढ्दै

एक कार्यक्रममा बोल्दै निर्देशक गुरुङले भने, ‘ज्योतिषले फिल्म पब्लिसिटी गरे चल्न सक्ने अनुमान लगाएका छन् । म १० गते सम्म सञ्चारकर्मी तथा पत्रकार सँग मागिरहन्छु । तपाईहरुले प्रचार गरिदिनु प¥यो ।’ पछिल्लो समय फिल्म बनाउदा समेत पण्डितहरुको सल्लाह लिन थालिएको छ । फिल्मको नामकरण देखि काष्ट एण्ड क्रिउ सम्मको न्वारान गर्न पण्डितहरु लागिपरेका छन् । त्यसो त सिनेमा आर्टबाट निर्माण भएका फिल्म आफ्नो प्रोडक्टमा विश्वास गर्ने भएकाले मिडिया पब्लिसिटी गर्न खासै रुचाउदैन । यस अघि निर्देशक गुरुङका दुई फिल्म ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ले बक्स अफिसमा राम्रै तहल्का मच्चाइसकेको छ ।

फिल्ममा दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । आउदो मंसिर १० ‘पुरानो डुङ्गा’ अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो