सुखद ओपनिङ पछि विनरको सेल्फी


Filmy Kura, Nov 8, 2016 at 11:58 am

winner-teamगएको शुक्रबार देखि एकल प्रदर्शनीमा आएको फिल्म ‘द विनर’को साता विजनेश सुखद रहेको छ । सोमबार सम्म आइपुग्दा फिल्मले सन्तोषजनक व्यापार गरेको वितरक गोपाल कायस्थले बताए ।

त्यसो त उनको भनाइलाई यहाँ उधृत गर्ने हो भने फिल्म खास मल्टिप्लेक्समा राम्रो जान्छ भनेर अनुमान लगाइए पनि सिंगल स्क्रिनमा उत्कृष्ट व्यापार गर्न सफल भएको छ । फिल्मको सिनेमेटोग्राफी पक्षलाई दर्शकले निकै रुचाएका छन् । एक्सन थ्रिल ‘द विनर’का कलाकार विभिन्न हल समेत पुगेका थिए । दर्शकको साथ पाएपछि अष्टनारायण हल पुगेका कलाकार महेश श्रेष्ठ, मन्चिन शाक्य, मलिना जोशी र वितरक कायस्थले हसिलो अनुहारमा सेल्फी लिन भ्याए ।

पहिलो प्रयासलाई दर्शकले रुचाएको कलाकार महेश श्रेष्ठले फिल्मीकुरालाई बताएका छन् । उनले दर्शक प्रतिक्रिया पछि यहि क्षेत्रमा केही गर्ने हौसला मिलेको भन्दै फिल्मीकुरा समक्ष खुसी व्यक्त गरे । हिक्मत विष्ट निर्देशित फिल्म नेपाल रिलिज पश्चात विदेशका विभिन्न ठाउँमा शो हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो