पुरानो डुङ्गाको माझी गीत रिलिज


Filmy Kura, Nov 8, 2016 at 3:51 pm

dayahang-raiमंसिर १० रिलिज फिल्म ‘पुरानो डुङ्गा’को माझी बोलको गीत युट्युवमा रिलिज भएको छ । सोमबार पत्रकार तथा सञ्चारकर्मीलाई यो गीत निर्माण पक्षले देखाएको थियो ।

शब्द, स्वर तथा संगीत कालिप्रसाद बाँस्कोटाको रहेको माझी बोलको गीतमा दयाहाङ राई, मेनुका प्रधान र माओत्से गुरुङ फिचरिङ छन् । दुई दाजु भाइ छुट्टिएर बसेपछि अंश वण्डा हुँदा एउटाले डुङ्गा रोजेपछि त्यसले निम्त्याउने घटनाक्रम नै फिल्मको कथावस्तु हो ।

फिल्मको यस अघि सार्वजनिक ‘निर जहिले रिसाउने’ गीत भने हिट भइसकेको छ । यो फिल्ममा दयाहाङ, मेनुका, माओत्से सँगै प्रियंका कार्की, बुद्धि तामाङ, डिबी गुरुङको अभिनय रहेको छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो